सङ्क्रमितको निको हुनेदर उच्च

everest kitchen

 

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । परिक्षण कम भएपनि तुलनात्मक रुपमा निको हुनेको दर बढेको हो ।

पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ सङ्क्रमित निको भएका छन् । आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।