८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने मोदीको घोषणा

everest kitchen

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको भन्दै यस्तो घोषणा गरेका हुन ।

उनले महामारीको यो बेला सरकार गरिबको साथमा रहेको बताए। संकटको यो घडीमा सरकार गरिबसँग रहेको भन्दै ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइने उनले बताए ।

उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै नि:शुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा समेत गरेका छन् ।