अन्तर्राष्ट्रिय नेपाली समाज “इन्स”को भाषा तथा साहित्य समिति घोषणा

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले भाषा तथा साहित्य समिति घोषणा गरेको छ । समाजले डा. जानुका नेपाल पौडेलको अध्यक्षतामा भाषा तथा साहित्य समितिको घोषणा गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा हालै सम्पन्न भर्चुअल प्लेटफर्म जुममार्फत भएको कार्यक्रममा ४९ सदस्यीय समिति घोषणा गरिएको हो ।कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईले समितिका पदाधिकारीहरुको नाम वाचन गरेर घोषणा गरेका थिए ।

समितिमा वरिष्ठ उपाध्यक्ष रोमकान्त सापकोटा रहेका छन् भने डा. चैतन्य अधिकारी महासचिवमा चयन भएका छन् ।
त्यस अवसरमा साहित्यकार भट्टराईले जहाँ भए पनि जहाँ रहे पनि आफ्नो पहिचान छोड्न नहुने बताए ।

समितिका अध्यक्ष पौडेलले नेपाली भाषा र साहित्यलाई उत्थान तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिको निर्माण गरिएको बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेल लगायतले नेपाली भाषा साहित्यको विविध आयामका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरुले रचना वाचन पनि गरेका थिए। कार्यक्रम समाजका केन्द्रीय महासचिव अर्जुनश्री तथा नवगठित समितिका महासचिव र सहमहासचिवले सञ्चालन गरेका थिए ।