सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त

everest kitchen

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन । काङ्ग्रेसले साथ दिएपछि मुख्यमन्त्री भट्टको सरकार जोगिएको हो ।

प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो ।

उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।