हन्ड्रेडस ग्रुप पर्साद्धारा ५६ घरपरिवारलाई राहत वितरण

everest kitchen

पर्सा । हन्ड्रेडस ग्रुप पर्साले पर्सा जिल्लामा राहत वितरण गरेको छ । जिल्लाको पकाहामैनपुर गाउँपालिका–३ मा ५६ घरपरिवारलाई राहत वितरण गरेको हो ।

निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन र दिउँसो खाजा कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले बुधवार पकाहामैनपुर गापामा चमार, दुसाध, मुसहर जातका गरीबहरूलाई राहत वितरण गरेको कोषाध्यक्ष आशिष गुप्ताले बताए। ग्रुपका अध्यक्ष विनय गिरीको अध्यक्षतामा पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन लगायत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा विक्की सर्राफ, आयुष वर्णवाल, अनिल साह, राहुल पटेल, भागवान साह , निरन्जन साहलगायतले सहयोग सहभागीता जनाएको अभियानका आकाश भगत मालीले जानकारी दिए ।