“पैंसा छाप्ने मेशिन”

everest kitchen

लघुकथा -पैंसा छाप्ने मेशिन

संगीता दाहाल / काठमाडौं

संसारको रित नै हो, छाेरी ठूली भए पछि विवाह
गरिदिनु पर्ने , मुनाले पढाइ पूरा गरिसकेकी थिइन्।
मुनाको परिवारले, उनको विवाहको लागी केटा तयार गरिसकेका थिए। विवाहको मिती टोकियो,।मुनाले आफ्ना साथीसंगीबाट दाम्पत्य जीवनको बारेमा धेरै थरीका कुराहरू सुनेकी थिइन् ।

बिबाहको दिन आयो, परिवारका सबै सदस्य खुसी थिए ,र उनी पनि, मुनाले आफ्नो जीवनको महत्त्वपूर्ण परिवर्तनलाई सहस्र स्वीकारी। उनी, छोरीबाट बुहारीको रुपमा नव गृह प्रवेश गरिन् उनलाई हेर्न , प्रायः महिलाहरु र केटाकेटी जम्मा भएका थिए, मानौं ऊ विश्व सुन्दरी हो।

विवाहको पारम्परिक विधीहरु पुर्ण भयो, मुना नयाँ कोठामा , हजुरआमाले कथामा सुनाए झैँ , आफनो राजकुमारको पर्खाईमा थिई, मनमा अनगिन्ती कलपना सलबलाई रहेका थिए। नयाँ घर परिवार श्रीमान, सुहागरातको बारेमा सोच र डर अनि लाज मान्दै थिई,।

पल्लो कोठाबाट केही आबाज आएर उसको कानमा ठोक्कियो ।, ऊ भन्दै थियाे, आमा मैंले हजुरकाे लागि बुहारीको रुपमा पैसा छाप्ने मेसिन ल्याइदिएको छू। मुना झसङ्ग भई ।, अनगिन्ती सुनौलो सपना हरु पल भरमा चकनाचुर भयो, ऊ कीमकर्तव्यविमुढ, भई। उसले बुझ्न सकिन;?? ऊ कस्ताे धरातलमा छे???