गृहमन्त्रीमा खगराज अधिकारीसहित मन्त्रीमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले गृह मन्त्रीमा खगराज अधिकारी, नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्रीको नियुक्त गर्न लागेको स्रोतले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने बताएको छ।
यसअघि प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहलाई लिएर गरिएको उक्त मन्त्रिपरिषद् विस्तार गरेपछि सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । उक्त मुद्दा विचाराधीन रहेको छ ।