पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार ८७४ जना सङ्क्रमित थपिए

everest kitchen

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएका कोरोनाका कुल सङ्क्रमित छ लाख एक हजार ६८७ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म १७ हजार ७१४ को रिपोर्ट पोजेटिभ आएको छ । हाल ७७ हजार ८५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार २९३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म पाँच लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.७ प्रतिशत पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार २३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।