क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी ट्वान्टी खेलको भत्ता पाउने

everest kitchen

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले २० वर्षमा पहिलो पटक नयाँ आर्थिक कार्यविधि पारित गरेसँगै राष्ट्रिय टोलीका खेलाडीलाई खेल भत्ता दिने बाटो खुलेको हो । क्यानको निर्णयसँगै अब पुरुष खेलाडीले प्रति एकदिवसीय खेल वापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउनेछ्न् ।

यसैगरी महिला टोलीका खेलाडीले भने एकदिवसीय खेल खेलोवपत ५ हजार र टी-ट्वान्टीमा ३ हजार रुपैंया पाउने क्यानले बताएको छ ।