दोस्रो टेस्टमा एन्डरसनको किर्तिमान

everest kitchen

काठमाडौं । ईङल्यान्ड र न्युजिल्यान्डबीच दुई खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो खेल आज सुरु भएको छ । ईङल्यान्डका तिव्र गतिका बलर जेम्स ऐन्डरसेनले आजको खेलमा नयाँ किर्तिमान बनाएका छन । उनी ईङल्यान्डका लागि सबैभन्दा बढी टेस्ट क्रिकेट खेल्ने खेलाडी बन्न सफल भएका छन ।

एन्डरसनले बिहीवार सुरु भएको दोस्रो तथा अन्तिम टेस्ट खेलमा मैदानमा प्रवेश गर्ने बित्तिकै यो उपलब्धि प्राप्त गरेका हुन । ३८ बर्षीय एन्डरसनको यो १६२ औं टेस्ट खेल हो । उनले ईङल्यान्डका लागि सबैभन्दा बढी टेस्ट क्रिकेट खेल्ने मामलामा पूर्व कप्तान एलेस्टेयर कुकको किर्तिमान भङ गरेका छन, कुकले १६१ खेलमा ईङल्यान्डको प्रतिनिधित्व गरेका थिए । तिव्र गतिका बलर स्टुअर्ट ब्राड यो रेसमा तेस्रो स्थानमा रहेका छन । उनले अहिले सम्म ईङल्यान्डका लागि १४७ टेस्ट खेल खेलेका छन । ब्रोडपछि पूर्व क्रिकेटर एलेक स्टीवर्टको नाम आउछ, उनको नाममा १३३ टेस्ट खेल रहेको छ । टेस्ट क्रिकेटको ईतिहासमा एन्डरसन मात्रै यस्ता बलर हुन, जसले क्रिकेटको यो लामो प्रारुपमा ६०० भन्दा बढी विकेट लिएका छन । उनको नाममा ६१६ विकेट रहेको छ, जुन ब्रोड भन्दा ९८ विकेटले बढी हो ।