“कस्ले पटायो ?”

everest kitchen

सूत्र- लघुकथा : कस्ले पटायो ?

कणाद महर्षि

यो कथाकी मुख्य पात्र उन्नाइस वर्षे तरुनी म आफैं हूँ ! मेरो नाम ! ठाम अनुसार फरक बताउने गरेकी छु।धेरैले
मलाई भन्ने गर्छन् । यो जिद्दीवाल/ जोधाह केटी !! आफ्नो
काम सिद्ध पार्न जेपनि गरिछोड्छे।

हुन पनि हो ! जोधाह/जिद्दीवाल त कस्तो हो कुन्नि मलाई थाहा छैन तर म आफ्नो दुनो सोझ्याउन जस्तो सुकै
परेपनि पछि नहटि,काम फत्ते गरेरै छोड्छु। त्यसैले होला मेरा धेरै साथीहरूले मलाई भन्ने गरेका छन् । यो केटी ! जसलाई,जेपनि पटाउन सिपालु छे ।

एकदिन एउटा मिल्ने केटा साथी र म नगरकोट
डुल्न गयौं। साँझ पर्यो,फर्कन भ्याएनौं। उतै बस्यौं । राति !! मैले उसलाई पटाएँ कि पटाइन आफैंलाई थाहा भएन। तर उसले भनें मलाई पल्टायो। (रचना : २०७८/२/४ चाबेल काठमाडौ )