रत्नपार्कमा – माणिकरत्न शाक्य

everest kitchen

लधुकथा : रत्नपार्कमा

माणिकरत्न शाक्य
काठमाडौंमा लुगा सङ्कलन गरेर मैले हुम्ला, वाजुरा, मुगु, कालिकाेटमा रहेका विपन्न, असहाय, निमुखाहरूकाे निम्ति न्यानाे लुगा लगाइदिने काम गर्दै आइरहेकाे छु ।

त्यही सिलसिलामा बैंकका एकजना महिला कर्मचारीले पनि उहाँकाे घरमा रहेकाे लुगाफाटो दिएर धेरैपटक सहयाेग गर्नुभयाे । मेराे अभियानमा नेतृ बनेर सघाउनुभयाे ।

एकदिन मलाई उहाँले लुगा लिन घरमा बाेलाउनुभयाे। लुगा दिदै हाँस्दै भन्नुभयाे- मैले दिएका लुगाहरू रत्नपार्कमा लगेर त बेच्नु हुन्न नि हगि सर ! उहाँकाे कुराले म त बाेल्नै सकिन । चाबहिल, सरस्वतीनगर