नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा

everest kitchen

वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको हो

विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले जनाएको छ ।

उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्‍याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाइएको छ ।