सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्धारा कैलासएसो गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

everest kitchen

मकवानपुर । मकवानपुरको कैलास गाउँपालिकालाई सांग्रिला डेभलपमेन्ट एसोसिएसनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड-१९ प्रकोप बिरुद्ध लडन थोरै भएपनि सहयोग होस भनेर सहयोग गरिएको संस्थाले जनाएको छ ।

बिगत देखि नै कैलाश गाउँपालिका अन्तर्गतका शिक्षा, स्वास्थ र कृषि क्षेत्रमा निरन्तर काम गर्दै आईरहेको उक्त संस्थाले कोभिड महामारी रोकथाम तथा संक्रमितहरुको उपचारको लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाले अकसिमिटर-२५ थान, १० लिटरको अक्सिजन सिलिन्डर ५ थान, २० लिटरको अक्सिजन सिलिन्डर ३ थान, ४० लिटरको अक्सिजन सिलिन्डर २ थान, ९ हजार पिस सर्जिकल मास्क, एन ९५ मास्क ५० पिस, पीपीई सेट ६ थान, ५०० एमएल स्यानिटाईजर ७५ बोतल, थर्मल गन ६ थान, कोभिड-१९ एन्टिजेन किट ५०० सेट सहयोग गरेको छ ।

त्यस्तै संस्थाले थर्मोमिटर, डिटोल ह्यान्ड वास, ग्लोब, डिस्इन्फेक्टेन्ट केमिकल, स्प्रे, बिग बकेट, बिग डस्टबिन अटोक्लभ, स्टेएमेर लगायतका सामाग्री पनि सहयोग गरेको उल्लेख छ ।