दाङमा आठ हजार ज्येष्ठ नागरिकलाई लगाइयो भेरोसिल खोपको पहिलो मात्रा

everest kitchen

देउखुरी । कोरोनाविरुद्धको तेस्रो चरणको खोपको पहिलो मात्रा दाङमा करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका ७ हजार ९८४ जनालाई कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाइएको हो ।

लक्ष्यअनुसार नै दाङका १० स्थानीय तहका सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले बताए । स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बंलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ ।