कलैया अस्पताललाई माओबादी केन्द्रको स्वास्थ्य सामग्री सहयोग

everest kitchen

बारा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बारा जिल्ला पार्टिले कलैया अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत पठाएको सामाग्री आज बारा जिल्ला पार्टि कमिटीले कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरब महतोलाइ हस्तान्तरण गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ “अनिल”ले एन ९५ मास्क १६ सय पिस, थर्मल गन २ थान, अक्सिमिटर १७ थान, अक्सिजन सिलिन्डर ४० लिटरको १ वटा, पिपिई सेट ६ थान, सेनिटाइजर ५ लिटर, पीपीई गाउन ६ पिस, सर्जिकल माक्स १०० पिस ,एन्टिजेन २ पिस र ह्यान्ड ग्लोब्स एक पाकेट लगायतका स्वास्थ्य सामाग्री कलैया अस्पताललाई हस्तान्तरण गरृका हुन ।

कोरोना भाइरस संक्रमणको अग्रभागमा ज्यानको प्रवाह नगरी अहोरात बिरामिको उपचारमा संलग्न रहनुहुने सम्पुर्ण स्वास्थयकर्मिहरु प्रती उच्च सम्मान गर्दै महामारीबाट मुक्त हुन एकला एकलै सम्भव छैन सबैले सबैलाइ सहकार्य र समन्वयबाट मात्र कोरोना भाइरस विरुद्धको संघर्षमा बिजय प्राप्त गर्न सकिने धारणा अध्यक्ष श्रेष्ठले राखेको जिल्ला कमिटी सदस्य मिना सिंहले बताईन ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश कमिटी सदस्य राजन पौडेल ,प्रभु यादव जिल्ला कमिटी सदस्य मुकेश साह,रमेश साह,जलावदिन मंसुर,आबिद हुसैन अंसारी,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग बारा जिल्ला अध्यक्ष अमृत शर्मा ,कलैया उपमहानगर पालिका योङ कम्युनिस्ट लिगका अध्यक्ष समि अख्तर लागायतको उपपस्थिती रहेको थियो ।