राप्ती का २३८ परिवारलाई राहत वितरण

everest kitchen

चितवन । राप्ती नगरपालिका वडा नं ११ का २३८ परिवारलाई राहत वितरण गरिएको छ । संविधान सभा सदस्य गोविन्दराम चेपाङको पहलमा नेपाल सुक्ष्म पुष्प समाजले विपन्न चेपाङ तथा तामाङ परिवारका लागि राहत वितरण गरेको हो ‌।

लामो समयको निषेधाज्ञाले मजदुरी गर्न नपाएका र घरमा अन्नसमेत सकिएको बेला खानकै समस्या हुन थालेपछि विपन्न परिवारलाई राहत वितरण गरिएको संविधान सभा सदस्य चेपाङले बताए । विपन्न चेपाङ समुदायमा पौष माघ महिनादेखि उब्जिएको अन्न सकिने र खाद्यान्न अभाव सुरु हुने उनले बताए ।

शान्ति मेड नेपालको सहयोगमा सुक्ष्म पुष्प समाजले राप्ती ११ को जिम्लिङ, बेलडाँडा, कुचुर, मास्के, बरिन्टार, सुर्खन्डे, हातीढाप लगायत गाँउमा राहत वितरण गरेको हो । प्रत्येक परिवारलाई एक बोराका दरले चामल दिइएको समाजसेवी दिनेश चेपाङले जानकारी दिए।

राहत वितरण कार्यक्रममा राप्ती ११ का कार्यबाहक अध्यक्ष कृष्ण बहादुर तामाङ, संविधान सभा सदस्य गोविन्दराम चेपाङ लगायतको उपस्थिति रहेको थियो ।