कृषिमन्त्री तथा पशुपन्छी मन्त्री साहको स्थानीय नेता तथा कार्यकर्ताद्वारा स्वागत

everest kitchen

बारा । कृषिमन्त्री तथा पशुपन्छि ज्वाला कुमारी साहलाई आईतबार साँझ कलैया उपमहानगरपालिकाको होटल करणराज पैलेसमा स्थानियले भब्य स्वागत गरेका छन् । गत विहिबार नेपाल सरकारको कृषि तथा पशुपन्छि मन्त्री बनेपछि  पहिलो पटक जिल्ला आएकी साहलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको थियो ।

मन्त्री साहको स्वागतका लागि पार्टीका कार्यकर्ता, आफन्त, घरगाउँले र शुभचिन्तकहरुको बाक्लै उपस्थीति थियो । मन्त्रीको स्वागतका लागि चोकचोक र घरघरमा घडा राखिएको थियो । टिका, माला, खादा र पुष्प गुच्छाले मन्त्री साहको भब्य स्वागत गरिएको हो । आफ्नै गाउँघरकी चेली नेपाल सरकारको मन्त्री जस्तो उच्च पदमा पुग्दा सारै खुःशी लागेको स्थानिय अमिन मिया अंसारीले बताए । उहाँ सारै भाग्यमानी हुँनुहुँदो रैछ । सामान्य गरिब किसानकी छोरी देशको ठुलो पदमा पुग्नु हामी गाउँबासीको पनि भाग्यको कुरा हो, अंसारीले भने ।

मन्त्रीको स्वागतमा जम्मा भएका कार्यकर्ता आफन्त एवं शुभचिन्तकहरुका बिच छोटो मन्तब्य राख्नु हुँदै कृषि मन्त्री साहले सिंचाई र विद्युतिकरणमा सहुलियत गर्ने बताए । कृषि उत्पादनको बजारीकरण, विपद् न्युनिकरणका लागि कृषि विमा लगायतका कृषि मैत्री योजनामा आफुले काम गर्ने उनले बताए ।

पार्टीका नेता कार्यर्ता सहित कानु समाजले समेत भब्य स्वागत गरेको थियो । शनिबार बनेपा बर्दिबास हुँदै जनकपुर पुगेर बारा आएकी मन्त्री साहलाई सोमबार सिमरामा समेत भब्य स्वागत गरिएको थियो ।