कोभिड-१९ मलेसिया : आज ५ हजार ४१९जना संक्रमित हुदा ६ हजार ८३१ निको

everest kitchen

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । मंगलबार ५ हजार ४१९ जना थपिदा ६ हजार ८३१ जना निको भएका छन् । यो तुलनात्मक रुपमा निको हुनेको सङ्ख्या बढी हो ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण १०१ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४ हजार ६९ जना रहेका छन् । यो मृत्यु सङ्ख्या पनि उच्च हो । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ हजार ४१९ जना गपिएसंगै मलेसियामा हालसम्म ६ लाख ६७ हजार ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ५ लाख ९३ हजार ६९५ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ७० हजार ११२ जनामा सक्रिय संक्रमण रहेको छ ।