रोनाल्डोको दुई गोल, पोर्चुगलको जित

everest kitchen

काठमाडौं । पोर्चुगलले युईएफए युरोकप २०२० फुटबलमा सानदार जित हात पार्दै सुखद सुरुवात गरेको छ। मंगलबार राती हंगेरीको पुस्कास एरिना स्टेडिएममा भएको खेलमा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्यो । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र राफायल गुरारोले एक गोल गरे। खेलको अधिकांश समय गोलका लागि संर्घष गरेको डिफेन्डिङ च्याम्पियन पोर्चुगलले खेलको अन्तिम समयमा ७ मिनेटमा ३ गोल गरेको थियो।

खेलको अन्तिम समय ८५ औं मिनेटमा राफायल गुरारोले गोल गर्दै पोर्चुगलको गोलको खडेरी तोडेका थिए। ८७ औं मिनेटमा पोर्चुगोलले पेनाल्टी पाएपछि रोनाल्डोले गोल गर्दै पोर्चुगोललाई २ – ० को अग्रता दिलाए। त्यसलगत्तै थपिएको इन्जुरी समयको ९२ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३ – ० को जित दिलाएका हुन। समूह ‘एफ’ अर्थात गुरुप अफ डेथमा पोर्चुगलले महत्वपूर्ण जित निकाल्दै तीन अंक बटुलेको छ।