हेटौंडामा ९६ किलो गाँजासहित ५ जना प्रहरी नियन्त्रणमा

everest kitchen

मकवानपुर । प्रहरीले मकवानपुरमा ९६ किलो ४ सय ग्राम गाजासहित ५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । मंगलबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर गाडीबाट उक्त गाजा बरामद गरेको हो।

लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ स्थित पुर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा उक्त गाडिलाई रोक्न खोज्दा नरोकी फरार भएपछि गाडिलाई पिछा गरेर प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

हेटौंडा बजारको भुटनदेवी मोड स्थित सडक खण्डमा फेला पारी रोकी चेकजाँच गर्दा उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा उक्त परिणाममा गाँजा फेला गरेको प्रहरीले जनाएको छ ।

गाडीसंगै गाडीका चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ६ बस्ने बर्ष २५ को सन्तोष आले मगर, सह-चालक २१ बर्षीय मोसा घलान र सो कन्टेनरमा सवार रहेका जिल्ला मकवानपुर कैलाश गााउँपालिका-८ भार्ता बस्ने वर्ष २४ को उमेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रारम्भिक अनुसन्धान गर्दा उक्त लागुऔषध गाँजा कारोवारमा थप संलग्न ब्यक्ती जिल्ला चितवनको राप्ती नगरपालिका – २ बस्ने बर्ष ३१ को बिष्णु लामा र मकवानपुरको कैलाश गाउँपालिका- ८ बस्ने बर्ष २९ को रोशन मुक्तानलाईसमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।