देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन : प्रधानमन्त्री ओली

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन्। सर्वोच्च अदालतले मागेको जवाफ पठाउदै उनले यस्तो बताएका हुन ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले मागेको जवाफ पठाउँदै उनले लेखेका छन्, ‘अदालतले संविधान र कानूनको व्याख्या गर्ने हो, व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न सक्दैन।’

संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्ती गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई नरहेको प्रधानमन्त्री ओलीको दाबी छ। धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्नेले विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधिसभा वा अदालतमा हुने कुनै परिकल्पना संविधानले नगरेको ओलीको तर्क छ।

    सर्वोच्चलाई ओलीले पठाएको पुर्णपाठ