लघुकथा समाज,गण्डकीद्वारा “लघुकथा गोष्ठी” सम्पन्न

everest kitchen

पोखरा । लघुकथा समाज गण्डकी प्रदेश समितिको आयोजनामा ” राष्ट्रिय लघुकथा गोष्ठी – २०७८ ” सम्पन्न भएको छ। उक्त गोष्ठी भर्चुअल माध्यम बाट सम्पन्न भएको हो।

समाजका अध्यक्ष त्रिलोचन ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लघुकथा समाजका केन्द्रिय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख आमन्त्रित व्यक्तित्व रहेका थिए । लघुकथा विधामा पहिलोपटक पिएचडी गर्ने नेपालका प्रथम व्यक्ति डाक्टर पुष्कर भट्ट विशिष्ट आतिथ्यता तथा समीक्षकको भूमिका निर्वाह गरेका थिए ।

समाजका सचिव मिलन समीरले सहजीकरण गरेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष शेषमणिआचार्यले आमन्त्रित सदस्यहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटन भर्खरै रिलिज गरिएको लघुकथा गीत बजाएर गरिएको थियो ।

नेपाली साहित्यको आख्यान आकाशको लघुकथा विधाको उन्नयनमा एउटा थप पाइला चाल्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा लता के सी, राजु क्षेत्री अपुरो , बन्धुराज अधिकारी, भिम रानाभाट, गङगा पौडेल कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।

साथै, कार्यक्रममा रचना शर्मा, ममता मृदुल ,डा. विदुर चालिसे , वनमाली निराकार , उमा सिजापति , बन्दना घिमिरे , अनु विजज्ञाती , राजेन्द्र शर्मा, तुलसी पण्डित, रमेशकुमार भट्टराई , जीवन दाहाल ,किशन पौडेल , हेमलता उप्रेती, तारा के. सी., कल्याण पन्त ,शेखरकुमार श्रेष्ठ , अवतार ढकाल , नारायण निर्भय, गङ्गा खड्का, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित क्षेत्री, दीपक लोहनी , श्री टुकादेवी आचार्य, दिव्य गिरी , अनन्त अर्याल , श्रीनारायण पौडेल , बन्धुराज अधिकारी, खगेन्द्र बस्याल, कौशिला अधिकारी,जनार्दन दहाल, सुस्मा मानन्धर, तुलसी हरि कोइराला, मन्जु श्री, नारायण मरासिनी, टिकाराम पगेनी, चिन्तु गिरि, इन्द्र विकल्प , बाबुराम न्यौपाने , दिप कुमार मगराती, बिजय गोविन्द श्रेष्ठ लगायतले लघुकथा वाचन गरेका थिए ।

वाचन गरिएका कथाहरुले समसामयिक विषयवस्तुलाई उठान गरेकाले कथा पठनीय एवम् श्रवणयोग्य रहेको र लघुकथाको श्रीवृद्दिमा गरिएको अर्थपूर्ण प्रयासको सराहना गर्दै डा .भट्टले लघुकथाको विषयगत,संरचनागत पक्षको समेत जानकारी गराए ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व ओम श्रेष्ठ रोदनले लघुकथा संरचनाको दृष्टिले पनि छोटो हुने र महत्वपूर्ण भाव समेट्ने हुनाले पछिल्लो समयमा आएर लोकप्रिय बन्दै गरेको बताए ।