ईन्स मलेसियाद्धारा मलेसियामा अलपत्र नेपालीहरुलाई खाद्यान्न सहयोग

everest kitchen

समीर मल्ल
मलेसिया । अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) मलेसियाले मलेसियाको जोहोर स्थित ईस्काटेक मेचाट्रोनिकस कम्पनीमा कार्यरत ४ नेपालिलाइ खाद्यान्न सामग्री सहयोग गरेको छ । कोभिड-१९ पोजेटिभ भएपछि लामो समयदेखि घर फर्किन नपाएका उनीहरूलाई समाजले सहयोग गरेको हो ।

स्वदेश फर्किने टिकट तयार भएपनि कोरोना पोजेटिभ देखिएपछि मलेसियामा मै रोकिएका उनीहरू पछिल्लो पटक नेपाल तथा मलेसियामा भएको लकडाउनको कारण स्वदेश फर्किन नपाएको समाजकी कोषाध्यक्ष तारा राईले जानकारी दिईन । उनका अनुसार हवाई टिकट लिएर घर फर्किने तयारीमा रहेका उनीहरूलाई लामो समयसम्म मलेसियामा रोकिदा खाद्यान्न लगायतको समस्या रहेको छ ।

प्रबासी नेपाली समन्वय समिती (पीएनसीसी) मलेसिया मार्फत उनीहरुको सममस्याको बारेमा थाहा पाएपछि समाजका अध्यक्ष राजु तामाङले समन्वय गरि समाज सदस्य राजेश राई र रुपेश कुमार यादब मार्फत उनीहरुलाइ सहयोग समाजका महासचिव बिरबहादुर सारु मगरले बताए ।

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाले स्थापना भयको छोटो समयदेखि नै उद्धार तथा राहतका कार्यक्रम हरुलाइ सहयोग गर्दै आइरहेको र पिडामा परि समाजको सम्पर्कमा आयका सबैलाई समाजले सक्दो सहयोग गर्ने समाजका अध्यक्ष राजु तामाङले बताए ।