वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

everest kitchen

काठमाडौं । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो रहेको बताएका छन् । शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेको कतारमा केही नेपालीको गैरकानुनी गतिविधि बढेपछि केही साताअघि मात्र कतार सरकारले चासो देखाएको थियो । यस सम्बन्धमा नेपाली दूतावासले भने कुनै प्रतिक्रिया जनाएको थिएन।

राजदूत भारद्धाजले नेपालबाट जाने श्रमिकमा वित्तिय साक्षारता कमजोर भएको बताउँदै भने, ‘केही नेपालीले गैरकानुनी कुराहरूमा लगानी गरिरहेका छन्।’ राजदूत भारद्धाजले कतारमा कमाएको पैसा वैधानिक च्यानलबाट भन्दा पनि हुण्डीमार्फत पठाउने क्रियाकलापले श्रमिकहरूको लगानी उच्च जोखिममा परेको बताए।

कतारमा काम गर्न जाने नेपाली श्रमिकहरू वित्तिय तथा प्राविधिक कुरामा कमजोर भएको हुँदा समस्या आउने गरेको बताए। नेपालमा रेमिट्यान्स भित्र्याउने मामिलामा कतार दोस्रो देश मानिन्छ। यसैले श्रमिकको स्तरउन्नतीका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने उनको भनाई थियो।

उनका अनुसार, कतारमा हाल ३ लाख ५० हजार नेपाली कार्यरत छन्। साथैल कतारलाई मध्यपूर्वको उदयमान आर्थिक शक्तिको रुपमा ब्याख्या गर्दै यसबाट देशले फाइदा लिनसक्नु पर्ने उनले बताए।