टुटल र पठाओको सेवा सुचारु

everest kitchen

काठमाडौं । जोर–विजोर प्रणालीमा भाडाको ट्याक्सीसँगै निजी सवारी साधनहरु समेत खुलेसँगै आजबाट राइड सेयरिङ्ग ‘टुटल’ र ‘पठाओ’ ले पनि आ–आफ्नो सेवा सुरु गरेका छन् ।

कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमण बढेसँगै गत बैशाख १६ गतेदेखि उपत्यकासहित उपत्यका बाहिरका मुख्यमुख्य सहरहरुमा निषेधाज्ञामा लागू गरिएको थियो । योसँगै राइड सेयरिङ्ग टुटल र पठाओको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो ।

पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् ।