लघुकथा – चस्मा

everest kitchen

लघुकथा – चस्मा

बि.बि.याक्खा
शहर र बस्ती देखि अलिक पर स्वामी आनन्दका ध्यान आश्रम रहेको छ । जहाँ मानिसहरू योग र ध्यान सिक्न प्राकृतिको सौन्दर्यतासितै केहि ज्ञान नि लिनको लागि भनेर यहाँ प्राय आँउने गर्दछ्न । साच्चिकै यो ठाउँ आनन्दको, मनमोहक रहेको छ चरिको चिरिबिरी साथै रङ्गीबिरङ्गी बगैंचाको बिच।

आज पनि सधै झैं योग ध्यान आश्रममा चलिरहे कै
अबस्था थियो। सबै ध्यान योगमा केन्द्रित भए पनि रघुको भने ध्यान अन्तै नै मोडिएको जस्तो देखिन्थे यो देखेर स्वामीले सोध्यो-रघु तिम्रो समस्या के हो? रघुले भन्यो – गुरु म बजार गएको थिए आज जुन बजारमा हजुरका बारेमा नातभाती भने यसैले हो। स्वामी मुस्कुराउदै सबैलाई रङ रङ्गका चस्मा बाँडे।

स्वामीले हरेक चस्मा लगाउनेहरुलाई एकै बस्तु नै देखाएर सोधे तर अचम्म फरक फरक उतर आयो! मुस्कुराउदै स्वामीले भन्यो पुनः-धन्धा नमान बाबु!त्यो उनिहरुले पहिरेको नजरिया चस्माको कमाल हो यसमा दुख मानुपर्ने केही छैन जे देख्यो भन्यो। रघु यसपछि शान्त भए ,योग ध्यान भने चलिरयो।