सल्लाहकार ठकुरिको पहलमा सु.प. समाज मलेसियाद्वारा खाद्यान्न सगयोग

everest kitchen

समीर मल्ल
सुदूर पश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्र्तगत समाजका सल्लाहकार चक्र मल्ल ठकुरिको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगर श्री बैजनाथ जेष्ठ नागरिक सेवा केन्द्र र महेन्द्रनगरको बेदकोट नगरपालीका ७/८ रौटेला धाम गाउजिमा (ब) जेष्ठ नागरिकलाइ खाद्यान्न सामग्री बितरण गरिएको समाजका कोषाअध्यक्ष धन बहदुर भाटले जानकारी गराउनु भयो ।
कोरोना माहामारिको समयमा उहाहरुलाइ परेको समस्यालाइ मध्येनजर गरि उक्त क्षेत्रमा समाजको नियमित कार्यक्रम अन्र्तगत सहयोग गरिएको हो । यस अगाडि पनि सुदूरपश्चिमेलि नेपाली समाजले डडेल्धुराको आलिताल, डडेल्धुराकै बेलापु ,डोटि, दार्चुलाको दुहु, बझाङको केदारस्यु ४, अछाम जिल्लाको ढकारी , टिकापुर अस्पताल मा पनी सहयोग गरियको समाजका महासचिव डम्बर बिश्वकर्माले जानकारी गराउनु भयो ।
समाजले यस्ता खालका अभियानहरुलाइ निरन्तरता दिरहने भन्दै यो अभियानमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिती मलेसियाका सुरेश बोहरा , सुरजप्रकाश ठगुन्न, कृष्ण बोहरा , दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडी, अन्तर्राष्ट्रिय समिती सदस्य टेकबहादुर बुढा लगायत समाजका पदाधिकारी ज्यु हरुले पनि सहयोग गरेको समाजका अध्यक्ष तुलाराम धामिले बताउनु भयो ।