खहरे खाेलाले बगाउँदा दाङमा एकजनाको निधन

everest kitchen

शिवु खनाल, दाङ । खहरे खाेलाले बगाउँदा दाङको देउखुरीमा एकजना पुरूषकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षिय मणिराम चाैधरीकाे खहरे खाेलाले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लगातार वर्षातपछि आएकाे फल्कापुर देखि माथिकाे खहरे खाेलाले बगाउँदा मृत्यु भएको प्रहरीकाे भनाइ छ । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।

बर्षातको समयमा दाङमा बर्षेनी खहरे खोलाहरुमा बाढी आउदो यहाँका स्थानीयले दैनिक जनजीवन प्रभावित हुनुको साथै ठुलो मात्रामा धनजनको क्षति समेत व्यहोर्दै आएका छन् ।