जेष्ठ पुर्णिामाको अवसरमा सार्बजनिक बिदाको माग

everest kitchen

सुरेन्द्र महतो
जनकपुर । हरेक बर्षको जेष्ठ पुर्णिामा को दिन मनाइने कबिर जयन्ती को उपलक्ष्यमा कबिर बाल आश्रम जनकपुरमा भएको कार्यक्रममा महात्मा साहेब (गुरु)हरु द्वारा सार्बजनिक बिदाको माग गरेका छन।

सन्त कबीरको सन्देश समाजमा पुग्न नसकेकाले कबीर सदविचारलाई समाजमा जोड्न हरसम्भव पहल गर्ने बताए । जनकपुरमा कबीर बाल आश्रमले बुधबार कबीर जयन्तीको पुर्वसन्ध्यामा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जेष्ठ पुर्णिमाको दिन मनाइने कबीर जयन्तीको शुभकामना दिंदै कबीर बिचार समाज लागु भए समाजको भेदभाव र छुवाछुत समेत अन्त हुने विश्वास व्यक्त गरे ।

ई.स.१४५५ जेष्ठ पुर्णिामा सोमबारको दिन काशी लहर तलाउमा कमलको फुलमा एउटा शिशुको रुपमा कबिर साहेब प्रकट भएका थिए । हरेक युगमा कुनै पनि देवि,देवता अस्त्र ,शस्त्र ,गदा ईत्यादी लिएर प्रकट भएका छन तर कबिर साहेब एउटा त्यस्तो महापुरुष हुनुहुन्थ्यो जो बिना कुनै अस्त्र ,शस्त्र केबल ज्ञान् ,बुद्धि ,बिबेक ले हिन्दु – मुस्लिम र हरेक मझब बिच भएको द्वन्द्व , भेदभाव लाई समाप्त पारी एउटा शान्तिको सन्देश दिएको थियो साथै , धर्म -अधर्म ,सत्य – असत्य के हो भनी सम्पुर्ण मानव जातिलाई सन्देश दिएको कुरा महात्मा साहेब चेतनारायण महतो ले प्रष्ट पारे ।

साथै यस्तो महान सन्तको जयन्ती को दिन बिदा नदिनु कबिर पन्थी धर्म प्रती अन्याय भएको बताउनु भयो र प्रदेश सरकारलाई पटक पटक ध्यानाकर्षण गराउदा प्रदेशको क्यालेण्डरमा जेष्ठ पुर्णिमाका दिन कबिरको तस्बीर राखिएपनि विदा नदिएकोप्रति आपति जनाउदै माग पुरा नभए शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् महात्मा चेतनारायण महतोले बताए ।

कार्यक्रममा कबीर पथका साधु सन्तहरु कबीर जयन्तीको अवसरमा सार्वजनिक विदाको माग गरेका थिए । जेष्ठ पुर्णिमाका दिन मनाइने कबीर जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने कबिरपन्थीहरुले माग गरे । कबीर पन्थीको महत्वपुर्ण दिन जेष्ठ पुर्णिमाका दिन सार्वजनिक बिदा र मग्ही भाषालाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

नेपाल र भारतमा लाखौको संख्यामा कबीरपन्थीहरु रहेकोले प्रदेश २ मा कबीरपन्थीको जनसंख्या संकलन गर्न समेत वक्ताहरुले प्रदेश सरकारसंग माग गरेका थिए । जनगनणाको क्रममा कबीरपन्थीमाथि अन्याय गर्दै धर्ममा जर्वजस्ती हिन्दु र भाषामा मग्ही नलेखेर मैथिली लेखेकोले अब हुने जनगनणमा प्रदेश सरकारले जनचेतना बढाउनु पर्ने कबीर पथमा लागेका साधुहरुले माग गरे ।

जातीय भेदभाव मुक्त समाजका पथ प्रदर्शक कबीर पथ धर्मले मात्रै समाजको कल्याण सम्भव रहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा कबील बाल आश्रमका बालीकाहरुले सहभागिलाई कबीर स्वागत गितबाट स्वागत गरेका थिए ।