रुकुम पश्चिमका चार स्थानीयतहको निति तथा कार्यक्रम र बजेट प्रस्तुत, कसले कति बजेट ल्याए?

everest kitchen

photo file

रुकुम । रुकुम पश्चिमका चार स्थानीय तहले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट ल्याएका हुन ।

जसअनुसार, रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ८० करोड बजेट बिनियोजन गरेको छ । नगर उप–प्रमुख प्रेमकुमारी सुनारले नगर सभामा ७९ करोड ५७ लाख ५७ हजार बराबरको बजेट पेश गरेकी हुन  । कुल विनियोजित बजेट मध्य चालु तर्फ ४६ करोड ८७ लाख ७२ हजार रहेको छ भने  पुँजीगत तर्फ ३२ करोड ६९ लाख ८५ हजार रहेको छ ।

यस्तै चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नगर उप–प्रमुख राधा रोकाले आज नगर सभामा आगामी आर्थिक वर्षको लागि ५८ करोड ६५ लाख ६९ हजार बजेट पेश गरेकी छन्  । कूल विनियोजित बजेट मध्य चालू तर्फ ३८ करोड ४७ लाख ६९ हजार अर्थ । पूँजीगत तर्फ भने १८ करोड ९८ लाख रहेको छ ।

त्यस्तै, बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पेश  गरेको छ । गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बिहीबार सम्पन्न गाउँसभामा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन। गाउपालिका अध्यक्ष केसीले ४६ करोड ६७ लाख बजेट पेश गरेका छन ।

साथै, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख गोर्खबहादुर केसीले नगर सभामा आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम पेश गरेका हुन ।  सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन, वातावरण, भू–संरक्षण तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी नीति, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह सम्बन्धी नितीलाई आधार मानेर विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्रिवेणी गाउँपालिकाको भने आज ल्याउने तयारी गरेको निति तथा कार्यक्रम र बजेट भने रोकिएको छ । आजनै कार्यक्रमको तयारी गरेपनि केही कार्यक्रमलाई थपघट गर्नेगरि जनप्रतिनिधिले थप छलफल चलाएपछि पन्ध्र गतेमात्रै अौपचारिक रुपमा कार्यक्रम हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिए ।