एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग

everest kitchen

एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ ।
एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै ‘नेपालमा स्वास्थ्य सामाग्री पठाऔं र नेपालमा हुने सम्पूर्णको जीवन बचाऔं’ अभियानमा जोडिएर आर्थिक अभियानमा जोडिन आह्वान गरिएकोमा सहयोगिहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।
एनआरएन मलेसिया शाखाको खाताबाट आरएम १० हजारबाट सुरुगरिएको सहयोग अभियानमा बिभिन्न कम्पनीमा कार्यरत नेपालीहरु, कार्यसमितिका सदस्यहरुसबैबाट आरएम १ लाख १ हजार भन्दा बढि रकम जम्मा भएको जनाइएको छ ।
मलेसियामा संकलन भएको आर्थिक रकमबाट मलेसियाबाटै स्वास्थ्य सामाग्री पठाउन पहल गरिएपनि तात्कालिन अवस्थामा संभव नभएकोले एनआरएनए केन्द्रमा उक्त रकम पठाएर केन्द्रकै मातहातमा सहयोग सामाग्री देशभर बितरण गरिने जनाइएको छ ।