गुल्मीको मालिकामा लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन पारित

everest kitchen

कमल राज पुरी, गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले लोकल रक्सीलाई ब्राण्ड बनाउनकाे लागि ऐन पारित गरेको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन , उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको छ ।

सबैतिर यो विषयको चर्चा र बहस चलिरहदा गुल्मीको मालिका गाउपालिकाले ऐन नै पारित गरेको छ । मालिका गाउपालिकाले स्थानीय स्तरमै उत्पादन हुने कोदो तथा विभिन्न किसिमका फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढेको गाउपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको र उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने छ ।

साथै लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न निति नियम बनाईएको र नियमभन्दा बाहिर जानेलाई पचास हजार सम्म जरिवाना गर्न सकिने ब्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष देवा अर्यालले बताइन ।उज्यालो नेटवर्क