मलेसियामा ५ हजार ८१२ संक्रमित थपिदा ८२ जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट गत २४ घण्टामा ५ हजार ८१२ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा ७ लाख २२ हजारबढी संक्रमित भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ६ हजार ७७५ संक्रमण मुक्त भएका छन् । यो संगै ६ लाख ५७ हजार ७३९ जना निको भएका छन् । मलेसिया हाल ६० हजार ११७ जनामा सक्रिय संक्रमण रहेको छ ।

यस्तै मलेसियामा गत २४ घण्टामा ८२ जनाको निधन भएको छ । यो संगै मलेसियामा हालसम्म ४ हजार ८०३ जनाले ज्यान गुमाएका छन् । मलेसियामा पछिल्लो पटक संक्रमित बढेपनि त्यही अनुपातमा निको हुनेको सङ्ख्या पनि रहेको छ ।