ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

everest kitchen

काठमाडौं । प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छअनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो।

युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो।

संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ। असार ६ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।