उपत्यकाका खोला पानीको सतह बढ्यो, बस्ती जोखिममा

everest kitchen

काठमाडौं । मनसुनी वायुको प्रभावले शनिबार काठमाण्डौ लगायत मुलुकका अधिकांश स्थानहरुमा वर्षा भएको छ। वर्षासंगै काठमाडौं उपत्यकाका सबै खोलाहरुमा पानीको सतह बढेको छ ।

वर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ। मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन्।

त्यसैगरी, काठमाडौंको बागमती, विष्णुमती नदीको पानीको सतह बढेको छ। धोबी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ। काठमाडौंका विभिन्न नदी र खोलाहरूको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै विषेशत खोला छेउछाउमा रहेका अधिकांश सुकुम्बासी बस्तीहरु डुबानको जोखिममा परेका छन्।