७९ किलो लागुऔषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

everest kitchen

मकवानपुर । मकवानपुरमा ७९ किलो लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउसोको समयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले उक्त परिणामको गाँजासहित व्यक्ति पक्राउ गरेको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिका- ५ स्थित परेवाभिर सडकखण्डमा कैलाश तर्फबाट मनहरी तर्फ आउदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेका ८/९ जना मानिस मध्य केही मानिसहरु प्रहरीलाई देखेपछि बोकिल्याएको भारी फालेर फरार भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेका राक्सिराङ- ९ बस्ने बर्ष २० को प्रताप स्याङतान र मकवानपुरकै कैलाश गाउँपालि- २ बस्ने बर्ष ४३ लाल बहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।