निषेधाज्ञापछिको पहिलो उडानमा २ जनाको अस्तु र शवसहित १५५ जना मलेसियाबाट नेपाल फर्किए

everest kitchen
File photo

मलेसिया । लकडाउन पछिको मलेसियाबाट नेपालको लागि पहिलो उडानबाट भएको छ । आइतबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान भरेको हो ।

उक्त उडानबाट मलेसियामा लामो समयदेखि रोकिएका १५५ जना यात्रु र १ वटा शवलाई नेपाल पठाएको हो । उक्त उडान मार्फत मलेसियामा नै अन्त्येष्टि गरिएका दुईजना नेपालीको अस्तुसमेत पठाएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

हाल मलेसियाबाट नेपाल आउने यात्रका लागि एयरपोर्ट जादा अनिवार्य पिसिआर रिपोर्टको बारकोड सहिको रिपोर्ट लिएर जानु पर्ने र पिसिआर रिपोर्टमा बारकोड नभए इमिग्रेशन पास नपाउने ब्यबस्था नेपाल सरकारको छ ।

आज पनि एयरपोर्ट पुगेका ७ जना भन्दा बढि नेपालीहरुलाई दुतावासका प्रतिनिधिको सहायतामा इमिग्रेशन पास गराएको नेपाली श्रमिकहरुख सहायताको निम्ति एयरपोर्ट गएका दुतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए ।

साथै सबैले अनिवार्य पिसिआर रिपोर्ट बारकोड सहितको लिन पनि द्वितीय सचिव कार्कीले हनुरोध गरेका छन । मलेसियामा जारी एमसीओ र नेपालमा लागु गरिएको निषेधाज्ञाका कारण हजारौं नेपाली श्रमिकहरु स्वदेश फर्किनबाट बन्चित भएका छन् ।