मलेसिया देखि नेपाल जाने एयरलाइन्सहरुको उडान तालिका सार्बजानिक, क्वारेन्टाइन र कोरोना टेस्ट खर्च टिकटमै

everest kitchen

मलेसिया देखि नेपाल जानको लागि एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् ।
अहिलेसम्म नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र मालिन्दो एयरलाइन्स गरी ३ वटा एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् ।
नेपाल एयरलाइन्स हरेक शनिबार उडनेछ भने हिमालयन एयरलाइन्स हरेक बिहीबार उडनेछ त्यसैगरि मालिन्दो एयरलाइन्स हरेक मंगलबार उडनेछ ।
यस पटक नेपाल जाने यात्रुहरुले भने कोरोना टेस्ट (पिसिआर) र होटल क्वारेन्टाइन खर्च नेपाली १७००० (आरएम ६१०) भने एयरलाइन्सलाई टिकट काट्ने समयमै तिर्नु पर्नेछ ।
होटल क्वारेन्टाइन र पिसिआर टेस्ट टीकटको पैसासँगै जोडिने भएकोले यस पटकको टीकट खर्च महगों जस्तो देखिने भएता पनि वास्तबिक टीकट दाम भने साबिककै रहेको एक ट्राभल्स एजेन्सिका सञ्चालकले बताए ।