मलेसियामा ज्यान गुमाएका बैठाको परिवारलाई हेल्प मधेशी मलक्का दलानद्वारा आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
सर्लाही जिल्लाको विष्णुपुर गाउँपालिका वाडा नं.३ को मधुवन टोलका स्वर्गीय राजाराम बैठाको परीवारलाई हेल्प मधेशी मलेसियाको मलाका दलानद्वारा रु-२८ हजार ३ सय आर्थिक सहयोग गरिएको छ ।
बैठा ४ वर्ष अगाडि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका थिए । वैदेशिक रोजगारीकै क्रममा बैठाको ६-७ महिना अगाडि मलेसियामा निधन भएको थियो ।
बैठाको निधन पश्चात छोराछोरीहरुको पढाइलेखाइ र खानपिन समेतमा अपठ्यारो भएको सोसल मिडिया मार्फत जानकारी पाउदा २ महिना अगाडि पनि हेल्प मधेशी मलेसिया का पुर्व सेवक हाल सर्लाही जिल्लाका संयोजक सतिस पाण्डेले २५ हजार व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो भने आइतबार पुनः हेल्प मधेशी मलेसियाको मलक्का दलानद्वारा रु-२८ हजार ३ सय आर्थिक सहयोग गरिएको छ ।
मृतक परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेको हुनाले उहाँको परिवार लाई हेल्प मधेशी मलेसिया मलाका दलान द्वारा आर्थिक सहयोग गरेको थियो मृतक को घरमा ६ ओटा छोरी र १ मात्र कान्छा छोरा छ्न ।
हेल्प मधेशी नेपाल सर्लाहीका संयोजक सतिस पाण्डे स्व. बैठाको घरमै पुगि उहाँको श्रीमतीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सेबा नै धर्म हो मुलमन्त्र मान्दै, सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देश तथा बिदेशमा अशाय निसाय, बिपन्न परिवाररहरु, दलित, बिरामी जस्ता र बिदेशमा पनि समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका संस्था हेल्प मधेसी मलेसिया रहेकोे छ । समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका समाज कल्याण को हित कार्य गर्दै आएको कुरा केन्द्रिय सचिब बिजय कुमार मण्डलले बताए ।
समाजमा सद्भाव, मानवताको परिचयका साथ देश बिदेशमा समस्या परेको बेला साथ सहयोग सम्पूणर् मधेशी लगायत देशवाशी मा समर्पित छन ।