राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान धुजाधुजा बनाए : देउवा

everest kitchen

 

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले राष्ट्रपतिको गरिमा राख्न नसकेको बताएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताएका हुन् ।

‘संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो, “देउवाले भने” ।

यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ । देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप समेत लगाएका छन् ।