बागमती प्रदेश सभाको बैठक असार १७ मा बस्ने

everest kitchen

हेटौंडा । बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ । बागमती सरकारले कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।