तामाङ कलाकार संघद्धारा सिन्धुपाल्चोकमा दोस्रो चरणको राहत वितरण

everest kitchen

काठमाडौं । तामाङ कलाकार संघले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको दोस्रो चरणको राहत बितरण सम्पन्न गरेको छ । संघले विभिन्न संस्था र व्यक्तिको सहयोगमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।

केही दिन अगाडि सिन्धुपाल्चोक जिल्लाको हेलम्बुगाउँ पालिका,मेलम्ची नगरपालिका, इन्द्रवती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केही स्थान बाढिको कारण डुबानमा परेको थियो। डुबानमा परेको ठाउँमध्यकै पाँचपोखरी थाङ्पाला गाउँ पालिका वाड नं. २ याङ्रि क्षेत्रको पीडितहरुमध्य ७० घर धुरीलाई राहत वितरण गरिएको छ ।

संघले बस्ने घर नै बाढीले असर गरेका ७ घरधुरीलाई १० हजारका दरले नगद रकम पनि वितरण गरिएको थियो । उक्त राहत “भ-पु सैनिक तामाङ समाज गोर्खा रिजर्भ युनिट ब्रुनाई दारुसलम” को बिशेश सहयोग र अन्य सहयोगी व्यक्तिहरुको सहयोमा राहात बिरण भएको थियो।

राहात बितणर कार्यक्रमलाई सहजिकरण गर्न उक्त गाउँपालिकाको २ नम्बर वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो । राहात बितरण कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष सन्जिब वाईबा , वरिष्ठ उपध्यक्ष बिश्व दोङ , सचीव रोशन फ्युबा, सदस्य बैरागी मोक्तान,प्रयास दोङ र बुद्ध लामा, समेतको उपस्तिथि रहेको तामाङ कलाकार संघका सदस्य रमित लामाले जानकारी दिए।