नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस

everest kitchen

१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले ७ दिनसम्म क्वारेन्टाइन बस्नुपर्नेछ । क्वारेन्टाइनको सम्पूर्ण खर्च यात्रु स्वयंले बेहोर्नुपर्नेछ ।
४. यदि यात्रुले आफू रहेको देशमा कोरोनाको २ वटै खोप लगाएको छ र कोरोना टेस्ट नेगेटिभ रिपोर्ट छ भने सिधै होम क्वारेन्टाइनमा १० दिन बस्ने गरि घर जान पाउनेछ ।
५. यदि अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुनुपर्ने छ भने स्थानिय निकाय वा सिसिएमसिले सिफारिस गरेको आधारमा स्वास्थ्य मापदण्ड पालना गर्नेगरि घर वा गन्तब्य स्थानमा जान दिइनेछ ।
६. अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्तिहरु र बिरामिसँगै जाने सहयोगि (कुरुवा) बढिमा दुईजनासम्मलाई अस्पतालबाट जारी आधिकारीक कागजातका आधारमा कम्तिमा १० दिन होम क्वारेन्टाइन वा अस्पताल जान पाइनेछ ।
७. ७५ बर्ष माथिका जेष्ठ नागरिक वा ५ बर्ष मुनिका नावालक र नाबालकसँगै आमा र बुबाको हकमा कम्तिमा १० दिन स्थानिय तहको अनुगमनमा होम क्वारेन्टाइनमा बस्न दिइनेछ ।
८. माथि ५,६ र ७ नम्बरमा उल्लेखित प्राबधान बमोजिम होम क्वारेन्टाइनमा जानका लागि बिमानस्थलमा एन्टिजेन परिक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्नेछ । यदि पोजेटिभ आएमा आइसोलेशन वा अस्पताल पठाइनेछ । यदि एन्टिजेन रिपोर्ट नेगेटिभ आएको छ र होम क्वारेन्टाइनमा १० दिन बसेको छ भने ११ औं दिन परिक्षण गरेको रिपोर्ट अनिवार्य बुझाउनुपर्नेछ ।
श्रोत ः नेपाल सरकार
तस्बीर साभार ः गुगल