भिमू मेमोरियल ट्रष्टद्वारा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

everest kitchen

भिमू मेमोरियल ट्रष्टद्वारा नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न बितरण गरिएको छ ।
नेपालमा कोरोना महामारिको संकट तथा लकडाउनले गर्दा समस्यामा रहेका बालबालिकाहरुको लागि खाद्यान्न उपलब्ध गराएको ट्रष्टकी अध्यक्ष जानूका राईले बताउनुभयो ।
चामल, दाल, नुन र तेल लगायतका अत्यावश्यक खाद्यान्न काठमाडौं स्थित नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्ण गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो ।
खाद्यान्न बितरण कार्यक्रम समाजसेवी यमलाल गौतमको संयोजकत्वमा गरिएको थियो ।
कार्यक्रममा बागमति प्रदेशसभाका नेकपा एमाले प्रदेश सांसद गणेश दुलालको प्रमुख अतिथ्यता रहेको थियो भने रेडक्रस सोसाइटिकी निवर्तमान उपाध्यक्ष शर्मिला कार्की, वडा सदस्य होमादेवी आचार्य, समाजसेवी बिष्णु भुषाल, ट्रष्टका महासचिव बम बानिया लगायत बिभिन्न सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
ट्रष्टले बिगतका समय देखि नै बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । विशेष गरि बालबालिकाहरुको शिक्षा, खेलकुद र उचित भोजनमा ट्रष्टले सहयोग गर्दै आईरहेको छ ।