एनआरएनए मलेसियाको युवा-संयोजकमा मल्लको उम्मेदवारी

everest kitchen

एनआरएनए मलेसियाको आउदै गरेको निर्वाचनमा यूवा संयोजकको पदमा समीर मल्लले उम्मेदवारी दिने भएका छन् ।
सुदूपश्चिमेलि नेपालि समाज मलेसियाका पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक साथै अन्तर्राष्ट्रिय नेपाली समाज रास्ट्रिय समिती मलेसियाका बरिष्ठ उपाध्यक्ष मल्लले गैर आवासीय नेपाली संघ (एनआरएनए) को हुन लागेको निर्बाचनमा २०२१-२०२३ कार्यकालको लागी एनआरएनए मलेसिया को युवा संयोजकमा उम्मेदवारी दिने जानकारी गराएका हुन् ।
सुदूरपश्चिमको बिकट हिमाली जिल्ला बझाङबाट मलेसियामा रोजगारीको सिलसिलामा आएका मल्ल बिगत लामो समय देखि मलेसियाका बिभिन्न सामाजिक तथा संस्थागत कार्यहरुमा परिचित नाम हो ।
आफ्नो सामाजिक छबिलाई एनआरएनए मलेसियाको संयोजक भएर अझ सबल बनाउने मल्लले बताए ।
सुदुर पश्चिमेली नेपाली समाजको अध्यक्ष हुँदा उदाहरणीय कार्यहरु गरेकाले मल्लले एनआरएन मलेसियामा संयोजकको जिम्मेवारी पाए श्रमिकहरु माझ गएर श्रमिकहरुको दुःख पीडामा सेवा गर्ने आफ्नो अनुभव लागु गर्ने बताए ।
एनआरएन मलेसियाको अधिवेशन यहि जुलाई महिनाको अन्तिम हप्ता हुने भएको छ ।