मलेसियाबाट २८ लाख बराबरको मिनि अक्सिजन भेन्टिलेटर हस्तान्तरण

everest kitchen

काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको संयोजकत्वमा २८ लाख रकम बराबरको ६५ वटा मिनि अक्सिजन भेन्टिलेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा अक्सिजन भेन्टिलेटर चर्चित हास्य कलाकार मनोज गजुरेल र जनउद्धार केन्द्रका नेपाल संयोजक मुकुट रायमाझीले मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् ।
मलेसियामा कार्यरत नेपाली तथा वेष्टर्न डिजिटल कम्पनी पेनाङ्गका नेपाली र लभ पेनाङ नेटवर्कमार्फत संकलन भएको रकमबाट जनउद्धार केन्द्रले संयोजन गरी करिब २८ लाखँ रुपैया बराबरको उक्त भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरेको हो ।
मलेसियामा कार्यरत नेपालीले गाँस काटेर पठाएको भेन्टिलेटर नेपालका अतिविपन्न नागरिकका लागि प्रयोग होस् भन्ने उदेश्य रहेको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले बताए ।
मलेसियामा जेलमा परेका, समस्यामा परेका तथा दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको जनउद्धार केन्द्र मलेसियामा आधिकारिक रूपमा दर्ता भएको सामाजिक संस्था हो ।
भेन्टिलेटर ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले नेपालमा अत्यावश्यक मिनी भेन्टिलेटर पठाएकोमा सहयोगी सबैलाई आभार प्रकट गर्दै सही सदुपयोग हुने विश्वास दिलाए । उनले भने बिपाप भेन्टिलेटर भनेको सेमी भेन्टिलेटर हो, यसमा अक्सिजन खपत कम हुने भएकाले यो हाम्रो सन्दर्भमा अत्यावश्यक छ, त्यसैले तपाईहरुले भनेका ठाउँमा हामीले पठाउने डाक्टर पोखरेलले बताउनुभयो ।
जनउद्धार केन्द्रले मलेसियामा रहेका नेपालीहरुको मात्र नभएर नेपालमा समस्या पर्दा पनि विभिन्न सहयोग गर्दै आएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो ।
जनउद्धार केन्द्रले नेपाली दूतावास मलेसियासँगको सहकार्यमा काम गर्दै आएको छ ।
जनउद्वार केन्द्र मलेसियाले भर्चुअल मार्फत एक कार्यक्रममा आयोजना गरि अभियानमा जोडिएर साथ समर्थन र सहयोग गर्ने सम्पुणर् लाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको संस्थाका सल्लाहाकार दिनेश खड्का’खप्तडी’जानकारी दिनुभयो ।