बुङ्गल नगरपालिकाको सभापतिमा युवा राजनितीकर्मी नवीन सिंहको उम्मेदवारी

everest kitchen

समीर मल्ल
बझाङ । नेपाली काङ्ग्रेसको १४ अधिबेशनमा बुङ्गल नगरपालिकाको सभापतिमा युवा राजनितीज्ञ नवीन सिंहले उम्मेदवारी दिएका छन् । विद्यार्थीकाल देखि नै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय सिंह लामो समय नेपाली काङ्ग्रेसको भातृ संगठनमा कैलाली बहुमुखी क्याम्पसमा सक्रिय राजनिती गरेका उनको युवाहरुमाझ राम्रो छबि बनाएको एक विद्यार्थी नेताले बताए ।

गाउँ बिकासको लागि सधै आवाज बुलन्द गर्न र युवा पुस्तालाई नेतृत्व पङ्तीमा प्रेरित गर्न बुङ्गल नगरपालिकाको यहि श्राबण १२ गते हुन गैरहेको अधिबेशनमा युवहरुको प्रतिनिधित्व गर्दै नेपाली काङ्ग्रेसको नगर सभापतिमा उम्मेदवारी दिएको उनले बताए ।

जिल्लाको विकट क्षेत्र बुङ्गलको बिकासको लागि युवाहरुले नै नेतृत्व गर्नुपर्ने महशुस गरेर आफुले सभापतिमा उम्मेदवारी दिएको बताउदै गाउँ देखि केन्द्रसम्म युवा नेतृत्वको खाँचो उनले अौँल्याए ।