जानुका राईको कोरोना गीत

everest kitchen

संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् ।
‘कोरोनाको कहरले…’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो ।
गीतमा शान्तिराम राईको संगीत रहेको छ भने बबिना किराँती, प्रमिला राई, रेवत राई, बिक्रम राई, शान्तिराम राई लगायतका गायक गायिकाहरुको आवाज रहेको छ ।
अहिले संसारभरी कोरोनाले गर्दा कलकारखाना, पठनपाठन लगायत पारिवारीक मिलनहरु पनि प्रभाव परेको बिषय गीतमा समेटिएको छ ।
गीतको म्यूजिक भिडियोको निर्देशन जसबहादुर याख्खा (जसु)ले गरेका हुन भने मुख्य भुमिकामा सन्जिब चाम्स राई र आनुशा राई रहेका छन् । त्यसैगरि गीतको छायांकन दीपक गिरी र टिमको रहेको छ भने सम्पादन मानबहादुर थापाको रहेको छ ।