निर्माणाधीन परेवा भिरको सडक बाढीले बगायो

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका स्थित रहेको परेवा भिर बाढीले बगाएको छ । अविरल बर्षाको कारण आएको बाढिले निर्माणाधिन उक्त सडक बगाएको हो ।

परेवा भिरको टेण्डर केही महिना अगाडि ४ करोड ३२ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने गरि बानियाँ–लामा जेभीले जिम्मा पाएको थियो । उक्त सडक निर्माणमा तिब्रता पाए सँगै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले खुशी व्यक्त गर्दै आएका थिए । बिडम्बना अविरल बर्षाको कारण निर्माणधिन सडक बाडिले बगाएपछि अध्यक्ष मल्ले दुख व्यक्त गरेका छन् ।

“अहिले यो सडक खण्ड प्राकृतिक बिपत्तिको कारण भत्किन पुगेपनि स्थानीय सरकारले सडक सम्पन्न गरेरै नै छाड्ने अध्यक्ष मल्लले बताए । उनले १८ महिना भित्र निर्माण सम्पन्न गरि सक्नुपर्ने भएपनि अझै पाँच महिना बाँकी रहेकाले सोही बजेटमा निर्माण सम्पन्न गर्नेसमेत फेसबुकमा उल्लेख गरेका छन् ।

उक्त सडकले पुर्णता पाएपछि भने राक्सिराङ गाउँपालिका वडा नम्बर–४ को देविटार, पन्जनी, मन्छाप तथा वडा नम्बर–९ को खैराङ, कात्तिके, कैलाश गाउँपालिकाको वडा नम्बर–७ को ताम्लाङ, डोकोटार, वडा नम्बर–८ को भार्तालगायत गाउँका बासिन्दाहरु लाभान्वित हुने भएका थिए ।